सत्तारुढ दलहरू भित्रभित्रै स्थानीय चुनाव पछि धकेल्न लागेका छन्: नेम्वाङ

२०७८ फाल्गुन २१ गते, शनिबार

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलहरू भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागिपरेको आरोप लगाएका छन् ।

संविधानसभाका अध्यक्षसमेत रहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जाने प्रस्ताव गर्दा डराउने गरेका दलका नेताहरूले स्थानीय तहको निर्वाचन पछि सार्ने खेलमा लागेको बताएका हुन् ।

प्रेस चौतारी नेपाल, वाग्मती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उपाध्यक्ष नेम्वाङले पुष्पकमल दाहाल, माधव नेपालहरुप्रति संकेत गर्दै प्रश्न सोधेका थिए,केही साथीहरू निर्वाचन भनेपछि किन डराउछन?’

नेम्वाङले भने, ‘केही साथीहरु जनतामा जाने भन्दा किन डराउँछन् रु प्रतिगमन भन्छन् । भरसक जनतामा जाने मिति पर सार्छन् । यहाँहरुलाई थाहा छ–त्यसैले म दोहोर्‍याउन चाहन्नँ । बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।

यस्तै नेता नेम्वाङले आफ्नो पार्टीले ठूलो चुनौती मोलेर बनाएको नेपालको चुच्चे नक्सा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

126 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal