एमाले पुनःस्थापना दिवसको घोषणा गर्दै कान्छा केन्द्रीय सदस्य महरले दिए बधाई

२०७८ फाल्गुन २३ गते, सोमबार

काठमाडौँ । नेकपा एमालेका कान्छा केन्द्रीय सदस्य ऐन महरले नेकपा एमालेको पुनःस्थापना दिवसको घोषणा गरेका छन । फागुन २३ गते सर्वोच्च अदालतको आदेशले यसअघि नै दर्ता रहेको दल नेकपाको नाम प्रयोग गर्न नमिल्ने फैसला गरेपछि एमाले र माओवादी अलग अलग भएको दिनलाई केन्द्रीय सदस्य महरले पुनःस्थापना दिवसको रूपमा एमालेजनमा बधाई बाँडेका हुन ।

नेता महरले भनेका छन, ‘आज फागुन २३ गते अर्थात नेकपा एमालेको पुनर्स्थापना दिवस नेकपा एमालेका सम्पुर्ण नेता कार्यकर्ता एवं देशभक्त प्रगतिशील लोकतन्त्रवादी समृद्धिका पक्षधर तथा सामाजिक न्यायका पक्षपाती बिश्वभर रहनुभएका सम्पुर्ण नेपाली जनतालाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

प्रचण्ड माधवरुपी ब्वाँसाहरुले नेकपा एमाले र नेपालको कम्युनिस्ट आन्दोलनलाई निल्ने र बिघटन गर्ने दुस्साहस गर्दै प्रतिक्रियावादीहरुको दलाली गरिरहेको बेलामा सर्बोच्च अदालतको फैसलाले २०७७ साल फागुन २३ गते अर्थात आजकै दिन नेकपा एमाले पुनर्स्थापना भएको थियो। त्यसैले यद्यपि आज अदालत एउटा चङ्गुलमा फसेको छ तर पनि अदालतको यो निर्णयले यो देशको कम्युनिस्ट आन्दोलन बचेको थियो । देशभक्त नेपालिहरुको आस्थाको धरोहर एमाले बचेको थियो । त्यसैले फेरि पनि समुर्णमा हार्दिक हार्दिक बधाई!! ’

165 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal