निःशुल्क आँखा शिविर सम्पन्न

२०७८ फाल्गुन २६ गते, बिहीबार

गोपाल बन्जाडे, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । बिहीबार शिवराज नगरपालिकाको वडा नम्बर १स्थित शिवगढी बोर्डिङ स्कूलमा भएको शिविरमा ३५० जना भन्दा बढीले आँखा जाँच गराएका छन् । श्री सत्य साई सेवा संगठन नेपाल लुम्बिनी प्रदेशको आयोजना,बुटवल लाईन्स आँखा अस्पताल बुटवल रुपन्देहीको प्रावधिक सहयोग, सह आयोजक रोटरी क्लब अफ कपिलवस्तु ,रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा भएको उक्त शिविरमा २७ जना लाई मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको र १६ जनालाई तत्काल शल्यकियाको लागि पठाइएको रोटरी क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट राजकुमार क्षेत्रीले जानकारी दिनुभएको छ ।


कार्यक्रममा सत्य साई संगठन नेपाल राष्ट्रिय परिषदका संयोजक राजकुमार गुरुङले मानव सेवा नै सबै भन्दा ठुलो सेवा बताउँदै उक्त आँखा शिविर आयोजना गरेको बताउनुभयो । शिविरमा नागरिकहरुको अत्याधिक सहभागिता रहेकोले आँखा शिरिरको महत्वपूण अंग रहेकोले यसमा लापरवाही गर्न नहुने बताउनुभयो । परिषदले सबै क्षेत्रमा रहेर समाजसेवाको काम गरिरहेको बताउँदै विशुद्ध सेवामा आफुहरु तल्लिन रहेको जिकिर गर्नुभयो । यस्तै कार्यक्रम मा बोल्दै प्रदेश अध्यक्ष प्रकाश भट्टराईले शिविरमा स्थानीय संघ सस्थाहरु महत्वपुर्ण सहयोग रहेकोमा हार्दिक धन्यवाद दिनुभयो ।

उक्त आँखा शिविर कार्यक्रम साई बाबाको फोटोमा माल्यापर्ण गरि क्लब अफ कपिलवस्तुका अध्यक्ष राजकुमार क्षेत्रीले कार्यक्रमको उद्घाटन गर्नु भयो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सांसद अर्जुन कुमार केसी, नगर उपप्रमुख शिव कुमारी थारु रोटरी क्लब अफ कपिलवस्तुका संस्थापक अध्यक्ष टोपलाल पोखरेल ,पास्ट प्रेसिडेन्ट प्रकाश पौडेल, ज्ञानुप्रसाद पोखरेल ,तोयनाथ गैरे रोट्रयाक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष शिशिर पोख्रेल, समाज सेवी बुद्धिजीवी स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

217 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal