नेपाल राष्ट्रिय उद्योग ब्यबसाय महासंघ कपिलवस्तुले गर्यो एकै दिन दुई पालिकामा सम्मेलन

२०७८ चैत्र ६ गते, आईतवार

कपिलवस्तु । नेकपा एमाले निकट उद्योग व्यावसायि संगठन नेपाल राष्ट्रिय उद्योग व्यसाय महासंघ कपिलवस्तुले आज दुई पालिकामा पालिका स्तरिय सम्मेलन सम्पन्न गरेको छ । महासंघले आज जिल्लाको बिजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकामा पालिका स्तरिय भेला तथा सम्मेलन सम्पन्न गरेको छ ।

No description available.

सम्मेलनबाट नेपाल राष्ट्रिय उद्योग ब्यबासाय महासंघ बिजयनगर गाउँकमिटी गठन समेत गरिएको महासंघका जिल्ला अध्यक्ष महादेब पोखरेलले बुद्धबाटिका अनलाइनलाई जानकारी दिनु भयो । तौलेश्वर खतिकको नेतृत्वमा उपाध्यक्षमा चर्मेन्द्र प्रसाद गुप्ता र मनमाया सुनारी, सचिबमा सुरेन्द्र चौधरी तथा उपसचिबमा बिक्रम शाह, राम बहादुर सुनार र तुल्सीराम सुनार चयन हुनु भएको छ ।

यस्तै नेपाल राष्ट्रिय उद्योग व्यवासाय महासंघ कृष्णनगरमा पनि नगर स्तरीय भेला सम्पन्न भएको छ । भेलाले रितेश शर्माको नेतृत्वमा नेपाल राष्ट्रिय उद्योग ब्यबासाय महासंघ कृष्णनगर नगर कमिटी गठन गरेको छ । अध्यक्षमा रितेश शर्मा, उपाध्यक्षमा बन्टी सरदार र श्रवण सुरेका, सचिबमा राम अवतार टिवडेवाल, उपसचिबमा अमित गोयल, जितेन्द्र अग्रवाल र आनन्द तुल्स्थान तथा कोषाध्यमा दिपक रगटा चयन हुनुभएको छ ।

No description available.

नेपाल राष्ट्रिय उद्योग ब्यबसाय महासंघ बिजयनगरको भेलामा नेपाल राष्ट्रिय उद्योग ब्यबसाय महासंघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलको प्रमुख आतिथ्यता, नेकपा एमाले बिजयनगर गाउँकमिटी अध्यक्ष खर्क बहादुर खन गाहाको बिशिस्ट आतिथ्यता तथा बिजयनगर गाउँकमिटी संयोजकको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

स्थानीय चुनाब लक्षित कार्यकर्ता भेटघाटमा ब्यस्त उद्योग ब्यबसाय महासंघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले कपिलवस्तुको जिम्मेवारी सम्हालेपछि सक्रिय रुपमा कपिलवस्तुमा संगठन बिस्तारमा तिब्रता दिनुभएको छ ।

No description available.
411 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal