एमाले बागमती प्रदेश कमिटीमा ७९ सदस्य मनोनित

२०७८ चैत्र ७ गते, सोमबार

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीले ७९ सदस्य मनोनित गरेको छ । प्रदेश कमिटीको पछिल्लो बैठकले ४७७ नबढ्नेगरी रिक्त रहेको सदस्यमा ७९ जनाको मनोनयन गरिएको प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले प्रदेश परिपत्र १७ मार्फत जानकारी दिएका छन ।

मनोनयनमा पर्नेमा ओमप्रसाद थपलियासहित काठमाडौँबाट ६ जना, ललितपुरबाट रामकृष्ण हुमागाइसहित ७ जना, भक्तपुरबाट केदार अधिकारीसहित ५ जना, काभ्रेबाट टुल्कु लामासहित ८ जना, सिन्धुपाल्चोकबाट उपेन्द्र तामाङसहित ११ जना, दोलखाबाट भारत दुलालसहित ७ जना रहेका छन ।

तस्बीरमा क्रमशः सिन्धुलीका प्रदीप कटुवाल, दोलखाका भरत दुलाल र नुवाकोटका नारायण घिमिरे ।
त्यस्तै रामेछापबाट खड्क सुनुवारसहित ६ जना, सिन्धुलीबाट प्रदीप कटुवालसहित ४ जना, मकवानपुरबाट बुद्धरत्न मानन्धरसहित ७ जना, चितवनबाट कमल पन्तसहित १२ जना, धादिङबाट कुमार बैरागी बिकसहित २ जना र नुवाकोटबाट नारायण घिमिरेसहित ४ जना रहेका छन । जिल्लागत रूपमा मनोनितहरूको सूची तल हेर्न सक्नुहुन्छ

264 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal