कृष्णनगरका समाजसेवी कुनाल प्रताप शाह स्थानीयसंग भेटघाटमा ब्यस्त

२०७८ चैत्र १२ गते, शनिबार

सुमन पौडेल, कपिलवस्तु । दिर्घकालीन बिकास र स्थानीयको घाउमा मलम लगाउदै आउनुभएका समाजसेवी कुनाल प्रताप शाह सर्वसाधारणको समस्या समाधानमा तिब्र रुपमा लागिपर्नुभएको छ । कपिलवस्तुको कृष्णनगरका समाजसेवी कुनाल प्रताप शाह स्थानीयको समस्या समाधानका लागि अहोरात्र खट्नुभएको छ ।

जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा नेपाल भारत सिमामा रहेको कृष्णनगर नगरपालिका र जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा पछिल्लो समय युवा राजनीतिज्ञका रुपमा चर्चामा आउनुभएका समाजसेवी शाह शाह परिवारमा जन्मिएका उहाँ युवा राजनीतिज्ञ सङै युवा व्यवसायी पनि हुनुहुन्छ । भारतको अमिती युनिभर्सिटीबाट मास्टर्स शिक्षा अध्यक्ष गरेका नेता शाह राजनीतिक चेतना र बैचारिक दृष्टिकोणले अब्बल मानिनुहुन्छ । कपिलवस्तुको दक्षिण–पश्चिम क्षेत्रमा रहेको कृष्णनगर नगरपालिका बिकासका दृष्टिकोणले अलिक पछाडि परेको छ । नगरपालिकामा प्रत्येक बर्ष हुने बेरुजु, ब्यक्तिबाद हावी हुनु र नेतृत्व गरेका जनप्रतिनिधिले राम्रो नेतृत्व दिन नसक्दा कृष्णनगर नगरपालिका पछि परेकाले यस क्षेत्रको निकासका लागि शाहको नेतृत्व आवश्यक रहेको छ ।


स्थानीय जनता सङ प्रत्यक्ष रुपमा सम्पर्कमा रहनुभएका शाह जनताको सुख दुःखमा सहयोग गरेका कारण जनतामाझ लोकप्रीय कुनाल प्रताप शाहले बैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनमा कृष्णनगर नगरपालिकाको मेयर पदमा उम्मेदवारी रहने बताउनुभएको छ ।

367 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal