अर्घाखाँचीमा ६ पालिका, ६१ वार्डमा एमालेले गठबन्धनलाई ‘क्लिन स्विप’ पार्ने

२०७८ चैत्र १२ गते, शनिबार

अर्घाखाँची । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले अर्घाखाँची जिल्लाका सबै ६ स्थानिय तहमा पाँच दलीय गठबन्धनलाई ‘क्लिन स्विप’ पार्ने गरि चुनावी रणनिती तयार गरेको छ ।

एमालेले जिल्लाका सबै ६ स्थानिय तह र ६१ वटा वार्डमा पाँच दलीय गठबन्धनलाई ‘क्लिन स्विप’ पार्ने गरि आफ्ना नेता, कार्यकर्तालाई चुनावको तयारी अवस्थामा राखेको छ ।

यस्तै एमालेले निर्वाचनसम्म गाउँ – गाउँ, टोल – टोलमा आफ्ना नेता, कार्यकर्ताहरुलाई २४ सै घण्टा चुनावी अलर्टमा राखेको बताएको छ । गठबन्धनले गाउँ, टोलमा आएर कार्यक्रम गरे साँझ गाउँको पुरा उप्डेट गर्ने । कोही अरु पार्टीमा प्रवेश गरे कसरी हुन्छ उसलाई फिर्ता ल्याउने गरि सबै जिम्मा स्थानिय नेता, गाउँको नेतालाई दिएको छ ।

साथै एमाले पछिल्लो समय टोल-टोल, वार्ड, पालिकामा आफना निकट सबै संगठनहरु सक्रिय गराएको छ । भने नयाँ रिटर्नी फेडेरेसन, सांस्कृतिक लगायतका नयाँ संगठनहरु विस्तार गरेको छ । जिल्लाभर एमालेले गाउँ, गाउँ – टोल टोलमा तथा वार्ड पालिका स्तरिय एकोहोरो चुनावी कार्यक्रम निरन्तर जारी राखेको छ ।

गाउँ – गाउँमा सुर्यका भोटर गठबन्धनभन्दा ३०५ बढी गराउनै रणनिती

एमालेले २०७४ सालको निर्वाचनको परिणाम, नेकपा विभाजनपछि के-कति माओवादी केन्द्र- नेकपा (एकीकृत समाजवादी) मा लागे लगायत सबैको टोल – टोलबाट विवरण उतारेको छ । एमालेले गाउँ- टोल-वार्ड – पालिका गरी ४ तहमा आफ्ना पक्षका भोटरको लिष्ट तयार गरिरहेको छ । जिल्लाका सबै ६१ वार्ड स्तरिय नेताहरुले वार्डमा मात्र होइन कि गाउँ, टोल, घर-घरमा विबाहको भोज निम्तो गर्दा जस्तै सबै भोटरको लिष्ट तयार गरेका छन् । गाउँ – गाउँमा कुनै पनि हालतमा सुर्यका भोटर गठबन्धनभन्दा कम्तिमा पनि ३० प्रतिशत बढी गराउनै पर्ने चुनावी रणनिती एमालेले तय गरेको छ ।

एमालेले जिल्लाका सबै गाउँमा सुर्यका भोटर गठबन्धन भन्दा बढी गराउने वार्डका नेतालाई जिम्मा दिएको छ । यस्तै ‘कहाँबाट हुन्छ’ ‘कुन हिसाबले हुन्छ’ सबै गाउँमा एमाले पहिलो, सबै टोलमा एमाले पहिलो, सबै वार्डमा एमाले पहिलो र सबै पालिकामा एमाले पहिलो” हुनै पर्ने निर्देशन गत महिना नेता टोपबहादुर रायमाझीले सबै तहमा दिएका थिए ।

एमाले नेताहरु टोपबहादुर रायमाझी, चन्द्रबहादुर खड्का, चेतनारायण आचार्य, रामजी घिमिरे लगायतका उच्च नेताहरु टोल – टोल, घर – घरमा चुनावी कार्यक्रम लिएर आफ्ना भोटरका टाउका गन्दै हिंडेका छन् । एमालेले माथिबाट होईन कि तल गाउँबाट आफ्ना सुर्यका भोटरको नाम विवरण तयार गरेर राख्ने आन्तरिक अभियान चलाएको देखिन्छ ।

साथै एमालेले नेकपा विभाजनपछि के-कति माओवादी केन्द्र- नेकपा एकीकृत समाजवादीमा लागे भन्ने विवरण गाउँ – गाउँबाट तयार गरेको छ । विभाजनपछि माओवादी केन्द्रका लगभग सबै एमालेमा आएका उसको ठम्माई छ । केही समय अगाडि नेता टोपबहादुर रायमाझीले पार्टीको भेलामा भनेका थिएस पहिला माओवादी हामी सबै एमालेमा छौ, ९८ प्रतिशत एमालेमा छौ, ल ल ठाकुर १,२ जनाका काटौ ९५५ सबै त एमालेमा छौ।” यस्तै एकीकृत समाजवादीमा पनि राम बहादुर चौहान १,२ जना बाहेक कोही नगएकाले केही असर नपर्ने नेताहरुको बुझाई छ ।

६ निकायमा आरामीदायी भोट्ले चुनाव जित्ने लिष्ट तयार

उता सन्धिखर्क नगरपालिकामा नेपाली काँग्रेस र माओबादी केन्द्र गठबन्धनबाट २०७४ सालको चुनावमा मेयरमा ११०३ र उपमेयरमा ९६१ मतको अन्तरले पराजय भएको मत अहिले पुरा भएको एमालेले लिष्ट तयार गरेको । साथै अहिले बढेको मतदाता, गठबन्धनलाई आउने मत भन्दा २० प्रतिशत आरामीदायी भोट्ले चुनाव जित्ने दावी उसको छ ।
२०७४ सालको चुनावमा कांग्रेसका मेयर पदका उम्मेदवार कमल प्रसाद भुसाल ८२३० मत प्राप्त गरी बिजयी भएका थिए । भुसालका प्रतिद्धन्दी एमालेका कृष्ण प्रसाद श्रेष्ठले ७१२७ मत ल्याएका थिए । त्यस्तै उपमेयरमा माओबादी केन्द्रका ठाकुर कुमार बिकले ७३६५ मत ल्याई बिजयी भएका थिए । बिकका प्रतिद्धन्दी एमालेकी ईश्वरा पोख्रेलले ६४०४ मत ल्याएका थिए ।

त्यस्तै शितगंगा नगरपालिकामा २०७४ को चुनावमा मेयरमा २५७५ र उपमेयरमा ९९५ मतको अन्तरले पराजय भएको मत अहिले पुरा भएको एमालेले लिष्ट तयार गरेको । गठबन्धनलाई आउने मत भन्दा २५ प्रतिशत आरामीदायी भोट्ले चुनाव जित्ने दावी उसको छ । २०७४ को निर्वाचनमा गठबन्धनबाट कांग्रेसका मेयर पदका उम्मेदवार सुर्यप्रसाद अधिकारी ८६७७ मत प्राप्त गरी विजयी भएका थिए । अधिकारीका प्रतिद्धन्धी एमालेका बसन्त श्रेष्ठले ६१०२ मत ल्याएका थिए । त्यस्तै उपमेयरमा माओवादीका टिका रेश्मीले ७१२८ मत ल्याई विजयी भएका थिए । रेश्मीका प्रतिद्धन्धी एमालेकी गिता भाटले ६१३३ मत ल्याएका थिए ।

साथै यस्तै भुमिकास्थान नगरपालिकामा २०७४ सालको निर्वाचनमा काँग्रेस र माओबादी केन्द्र गठबन्धनबाट मेयर पद जितेका रेशम थापा एमालेमा रहेको र यहाँ पनि ५०० बढी मतले फेरि चुनाव लिष्ट तयार गरेको । रेशम थापाले ५३२० मत र उपमेयरमा गठबन्धनकै खडानन्द बेल्बासेले ५२३० मत प्राप्त गरी बिजयी भएका थिए ।
उनका प्रतिद्धन्दी राजमोका मेयर पदका उमेद्वार कबिराम खनालले ४५४२ मत प्राप्त गरेका थिए । भने एमालेको तर्फबाट मेयर पदका उमेद्वार पिताम्बर भुसालले ४२५० मत प्राप्त गरेका थिए । त्यस्तै उपमेयरमा एमालेकी सुनिता बेल्बासेले ४७०१ मत र राजमोकी सकुन्तला रानाले ३५६६ मत प्राप्त गरेका थिए । १० वटा वडाहरु रहेको उक्त पालीकामा राजमोले ४, एमालेले ४, माओबादी केन्द्रले १ र नेपाली काँग्रेसले १ वडामा बिजयी हासील गरेको थियो ।

यस्तै मालारानी गाँउपालीकामा २०७४ सालको निर्वाचनमा अध्यक्षमा नेकपा एमालेका बालकृष्ण आचार्यले जितेका थिए । यहाँ पनि पहिलेको तुलनामा बढी भोट् आउने एमालेले चुनाव लिष्ट तयार गरेको ।

बालकृष्ण आचार्यले ६५०३ र उपाध्यक्षमा एमालेकै प्रमिला क्षेत्रीले ६५२२ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्धन्दी माओबादी काँग्रेस गठबन्धनका अध्यक्ष पदका उमेद्वार पदम क्षेत्रीले ५५०४ र उपाध्यक्ष पदकी उमेद्वार शान्ता खनालले ५२१० मत प्राप्त गरेका थिए । ९ वटा वडाहरु रहेको उक्त पालीकामा ६ वटा वडामा एमाले र ३ वटा वडामा माओबादी केन्द्रले जितेको थियो ।

यस्तै छत्रदेव गाउँपालिकाको अध्यक्षमा ११०२ र उपाध्यक्षमा १५६५ मतको अन्तरले पराजय भएको मत अहिले पुरा भएको एमालेले लिष्ट तयार गरेको । गठबन्धनलाई आउने मत भन्दा २० प्रतिशत आरामीदायी भोट्ले चुनाव जित्ने दावी उसको छ ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट अध्यक्षमा लेखनाथ पोख्रेलले ६१६७ मत र उनका प्रतिद्धन्धी रिषी अधिकारीले ५०६५ मत ल्याएका थिए । उपाध्यक्षमा कांग्रेसकी तुल्सा देवी श्रेष्ठले ६१९० मत भएका थिए, उनकी प्रतिद्धन्धी एमालेकी मनिषा पन्थीको ४६१६ मत ल्याएका थिए ।

साथै पाणिनी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका अच्युत गौतमले जितेका र उपाध्यक्षमा तत्कालिन एमालेकी लक्ष्मी गौतमले जितेकी भएता पनि यहाँ गठबन्धनलाई आउने मत भन्दा २० प्रतिशत आरामीदायी भोट्ले चुनाव जित्ने दावी उसको छ ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका अच्युत गौतमले ५९७७ र उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी गौतमले ५५४७ मत प्राप्त गरि विजय भएका थिए । उनका प्रतिस्प्रधी जिवनारायण कोईरालाले ५४८५ र नेकाकी अम्विका पोख्रेलले ५४१२ मत प्राप्त गरेका थिए ।

208 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal