कपिलबस्तु बन्यो एमालेको किल्ला: जिल्लाका सवै चर्चित नेता–कार्यकर्ता र जनप्रतिनिधि एमालेमा प्रवेश

२०७८ चैत्र १४ गते, सोमबार

कपिलबस्तु । पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्तासहित विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले मा समाहित हुनुहुने हजारौंलाई आज कपिलवस्तुको सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ ।

कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव पनि एमाले प्रवेश गर्नुभएको छ ।

यस्तै सोही पालिकाका, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहसहित १० हजार भन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । आजको प्रवेशसँगै कपिलबस्तु एमालेको किल्ला बनेको छ ।

397 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal