पुर्व २ मेयर,५ वडा अध्यक्ष सहित कपिलवस्तुमा हजारौं कार्यक्रर्ता एमाले प्रवेश

२०७८ चैत्र १४ गते, सोमबार

कपिलवस्तु । नेकपा एमालेद्धारा तौलिहवामा आयोजित पार्टी प्रवेश तथा विशाल जनसभा कार्यक्रममा कपिलवस्तु नगरपालिकाका दुईजना पुर्व मेयर सहित ५ वडा अध्यक्ष एमाले प्रवेश गरेका छन् । कपिलवस्तु नगरपालिकामा स्वतन्त्र उमेद्धार भएर मेयर जितेका रामदास गुप्ता र बासुदेव प्रसाद कसैधन एमले प्रवेस गरेका हुन् ।

त्यस्तै बहुजन पार्टीवाट कपिलवस्तु नगरपालिका वडा न. १मा वडा अध्यक्ष जितेका सुदिप पौडेल, वडा न. ४ मा वडा अध्यक्ष जितेका रविन्द्र त्रिपाठी, वडा न.१२ मा वडा अध्यक्ष जितेका ओम प्रसाद पाण्डे प्रवेस गरेका छन् । यस्तै काग्रेंसबाट बुद्धभुमि नगरपालिका वडा न.६मा वडा अध्यक्ष जितेका नन्दलाल यादव तथा यसोधरा गाँउपालिका वडा न.८ मा स्वतन्त्र निर्वाचित वडा अध्यक्ष साहवुदिन वर्मा प्रवेस गरेका छन् ।

नव प्रवेसिहरुलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रि केपि शर्मा ओलीले स्वागत गर्नु भएको छ । जनसभा मार्फत प्रतिनिधी सभाका सांसद, प्रदेश सभा सांसद, वडा अध्यक्ष लगायतका नेता, कार्यकर्ता ठुलो संख्यामा पार्टी प्रवेश गरेकोे एमाले कपिलवस्तुले जनाएको छ ।

304 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal