ओलीकै कारण लोडसेडिङ हटेको पुष्टि: निर्देशक घिसिङ

२०७८ चैत्र १५ गते, मंगलवार

काठमाडौं । महँगो मूल्यमा खरिद गर्न खोज्दासमेत भारतीय इनर्जी एक्सचेन्ज आइइएक्स बजारमा विद्युत् उपलब्ध नहुँदा नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा आपत्कालीन लोडसेडिङ सुरु गरेको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार प्राधिकरणले प्रतियुनिट २० रुपैयाँ भारु (भ्याट र अन्य शुल्कसहित ३८ रुपैयाँ) बोलकबोल गर्दासमेत विद्युत् प्राप्त गर्न सकेको छैन । विद्युत् प्राप्त नभएपछि उद्योगहरूमा अधिकतम आठ घण्टासम्म विद्युत् कटौती भएको छ । यो आपत्कालीन लोडसेडिङ भएको र विद्युत् प्राप्त हुनेबित्तिकै उद्योगलाई पनि उपलब्ध गराउने प्रवक्ता भट्टराईको भनाइ छ ।

यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब लोडसेडिङ कहिल्यै नहुने बताएका बताउनुभएको थियो । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो पटक कार्यकाल सुरु गरेपछि यति धेरै लोडसेडिङ भएको हो ।

तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग संझौता गरी बिजुली भित्र्याउनु भएपछि लोडसेडिङ अन्त्य भए पनि कुलमानले आफै गरेको भन्दै आउनु भएको थियो । ओली नेतृत्वको सरकारले गरेको काम आफ्नो पोल्टामा पारी उज्यालोका नायक भन्दै प्चार गराउनु भएका घिसिङ दोस्रो पल्ट प्राधिकरण नेतृत्वमा आएपछि लोडसेडिङ ह्वात्तै बढेपछि उज्यालोका नायक आफू होइन, तात्कालिन प्रधानमन्त्री ओली नै रहेको तथ्यबाटै प्रमाणित भएको हो ।

149 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal