रात दिनको संघर्षका कारण उत्कृष्ट बनिन् शितगंगाकी कोपिला

२०७८ चैत्र १५ गते, मंगलवार

अनिता क्षेत्री, कपिलवस्तु । १२ औँ कपिलवस्तु महोत्सवको प्रमुख आकर्षण १० औँ कपिलवस्तु डान्स आईडलको चर्चा भईरहदा उनलाई निद्रा लागेन । आफन्त बिरामी भएका कारण उनकी आमा अस्पताल जानुपर्ने भयो, सोहि क्रममा तरकारी किनेर खानका लागि दिएको रु ३ सय रुपैया उनको लागि अहिलेसम्मको सबै भन्दा ठुलो खुसीमा परिणत भयो । उनकी आमा अस्पतालबाट घरमा आउँदा उनले भनिन्, ‘मम्मी मैले १० औँ कपिलवस्तु डान्स आईडलमा अडिसनमा भाग लिएकी छु, आज नाँचेर आएँ’ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं। १३ सिमलपानीमा बुवा ऋषिराम भाट क्षेत्री र आमा रेनु विसिको कोखबाट जन्मिएकी जेठी छोरी कोपिला क्षेत्री १० औँ कपिलवस्तु डान्स आईडलको द्धितीय हुन सफल भएकी छन् । वास्तवमा मेहेनत र संघर्षका साथ लागियो भने सफलता कसैले पनि रोक्न सक्दैन भन्ने भनाईलाई पुर्णता दिएकी छन् कोपिला ले !

कपिलवस्तुको पिपरामा रहेको जनता माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत १६ बर्षिया छात्रा कोपिला क्षेत्रीले आईडलमा द्धितीय स्थान हाँसिल गरेसंगै वास्तवमै आफु मात्र हैन घरपरिवार र आफन्तजनमा खुसीको सीमानै रहेन ।

१२ जना प्रतिस्पर्धाी मध्ये १० जनालाई पछाडि पार्दै द्धितीय हुन सफल कोपिला भन्छिन्, सानै उमेर देखिनै अरु स्टेजमा नाचेको देख्दा पनि नाँचौँ नाँचौ लाग्थ्यो । साच्चिकै सबैको साथ, सहयोग र आफुले गरेको रात दिनको संघर्षका कारण उत्कृष्ट हुन पाउँदा उनको आँखाबाट आसु खसाल्दै भन्छिन्, ‘डान्स सिकाउने गुरु विजय सारुको टिम, बाबा मम्मी र साथ सहयोग गर्नुहुने सबैलाई आभार व्यक्त गर्दछु’ ।

337 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal