पत्रकार न्यौपाने बाणगंगा वडा ४को अध्यक्षमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा

२०७८ चैत्र १६ गते, बुधबार

कपिलवस्तु । कपिलवस्तुका पत्रकार चन्द्रकान्त न्यौपाने बाणगंगा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा उठ्ने भएका छन्।

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि उनले वडाध्यक्षमा उठ्ने घोषणा गरेका हुन्। उनले स्वतन्त्रतर्फबाट उम्मेदवारी दिने बताएका छन्।

उनी लामो समययता पत्रकारितामा अनवरत लागि परेका छन्। काठमाडौंको अन्नपूर्ण मिडिया ग्रुप अन्तर्गत रेडियो अन्नपूर्ण लगायत राष्ट्रिय मिडियामा उनको लामो अनुभव छ।
शिक्षित र उर्जाशिल युवालाई नेतृत्वमा पुग्ने मौका दिइए समाज परिवर्तन चाँडै गर्न सकिने उनको बुझाइ छ।

उनले सामाजिक संजालमा भनेका छन्,‘वैशाख ३०, २०७९ मा हुने स्थानीय तह निर्वाचनको लागि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को लागि ३स्वतन्त्रतर्फबाट वडा अध्यक्ष पदमा उठ्ने घोषणा गर्दछु । यसपछाडीका कारण, योजना तथा रणनीतिबारे प्रचारात्मक अभियानको क्रममा विस्तारै वडा तथा नगरबासीमा अवगत गराउँदै जाने छु। मेरो उम्मेदवारी कमिसनतन्त्र र भ्रष्टाचारको न्यूनिकरण, स्मार्ट विकास र शुशासनयुक्त प्रशासनिक सेवा प्रवाहको लागि हुनेछ। मेरो उम्मेदवारीको अर्को महत्वपूर्ण पक्ष सम्पूर्ण युवाप्रतिनिधित्व र विकासमा युवा सहभागिता पनि हो। यहाँ सबैबाट साथ, सहयोग, सुझाव र मार्गदर्शन प्राप्त गर्न पाउने छु भन्ने विश्वास पनि व्यक्त गर्दछु। आज नगरे, कहिले गर्नेरु युवाले नगरे, कसले गर्नेरु धन्यबाद।’

330 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal