कपिलवस्तु बचत तथा सहकारीको १२ करोड अपचलन काण्ड: ५ जना दोषी ठहर

२०७८ चैत्र १६ गते, बुधबार

कपिलवस्तु । २ बर्ष देखि चलेको तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झन्डै १२ करोड अपचलन भएको मुद्दामा ५ जना कसुरदार ठहरिएका छन । अदालतले ३ जना कर्मचारी र २ जना बचत संकलकर्तालाई कसुदार ठहराएको हो । सो मुद्दामा ४५ जनाले भने सफाई पाएको अदालतका श्रेस्तेदार सुमन पाण्डेयले बताए ।

अदालतमा २०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरु गरी ५३ जना बिरुद्ध संगठीतरुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिन ठगी गरेको तथा संगठीत अपराध मुद्दा चलेको थियो । सहकारीको ब्यवस्थापक अभिनाषदेव पाण्डेय, पुर्व ब्यवस्थापक निलाभचन्द्रदेव पाण्डेय, कर्मचारी राजेश कान्दु र बचत संकलनकर्ताहरु श्रवण कुमार गुप्ता तेली र सुन्दरकेशव गुप्तालाई अदालतका न्यायधिश तजेन्द्र प्रसाद सापकोटाको ईजलासले कसुरदार ठहराएको हो । राजेश, श्रवण र अभिनाष अदालतको आदेशमा यस अघि नै थुनामा रहदै आएका छन । सो मुद्दामा थुनामा रहको कर्मचारी राकेश कुमार ठाकुरले भने सफाई पाएका छन । यस्तै फरार प्रतिबादीहरु ल्क्ष्मी आचार्य, सुनिता अग्रहरी र बिनिता न्यौपानेको हकमा भने मृद्दा मुल्तबी राखिने आदेश भएकौ श्रेस्तेदार पाण्डेयले बताए ।

तीनै जना बिदेश भएकाले अदालतमा हारिज हुन नसकेको परिवार श्रोतले जनाएको छ । पदाधिकारीहरुको हकमा सहकारी संस्थाको रकम हिनामिना गरे भन्ने बादीको अभियोग पुग्न नसक्ने ठहर गरिएको छ । अदालतमा २०६६ साल देखि २०७६ साल सम्मका कार्य समिति उप समिति कर्मचारीहरुलाई मुद्दा लगाएको थियो । सहकारी ऐन अनुसार चार बर्ष देखि ६ बर्ष सम्म कैद र बिगो बमोजिम जरिवान हुने ब्यवस्था छ । कसुरदार ठहरिएका ५ जनालाई ३० दिन भित्र सजाय निर्धारण गरिने फैसलामा भनिएको छ । फैसला कार्यान्वयनकाकालागि अदातलका तहसिलदार, कपिलवस्तु नगरपालिका सहकारी संस्था हर्ने अधिकारी र बचतकर्ता तर्फबाट संयोजक बनेका शत्रुघनशरण चौधरीले १५/१५ दिन भित्र सहकारीको सुपरिवेक्षण गर्ने फैसला गरिएको छ ।

यस्तै मुद्दा चल्नु् पुर्व रहेका समित र लेखा समितिलाई एक हप्ता भित्र बिशेष साधारण सभा बोलाउन निर्देशन गरिएको छ । समितिलाई अदालतले बिभिन्न १५ वटा कार्य गर्ने जिम्मेवारी दिएको छ ।

181 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal