मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव एमालेमा प्रवेश गर्दै

२०७८ चैत्र १७ गते, बिहीबार

काठमाडौं । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट विजयी भई मुख्यमन्त्री सम्हालेका शाहीका प्रमुख स्वकीय सचिव आचार्यलाई पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष केपी ओली कालिकोट पुगेका छन् ।

कालिकोटको म्यान्ममा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममार्फत ओलीले माओवादी, कांग्रेसका नेताहरूलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

ओलीले दैलेखको दुल्लु, जुम्लाको सिंजामा पनि पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

143 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal