ताप्लेजुङमा माओवादीबाट निर्वाचित अध्यक्षसहित ५३ नेता एमालेमा प्रवेश

२०७८ चैत्र १७ गते, बिहीबार

ताप्लेजुङ । ताप्लेजुङमा माओवादीबाट निर्वाचित वडा अध्यक्षसहित कांग्रेस र समाजवादीका ५३ नेता एमालेमा प्रवेश गरेका छन ।

जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष सन्तोष आङ्वुहाङ र नेकपा माओवादि केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्य सुर्य आङ्वुहाङ एमाले प्रवेश गरेका हुन ।

बुधबार भएको कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन ।

सो अवसरमा अनेरास्ववियु समाजवादी विद्यार्थी संगठन जिल्ला कमिटी सचिव तुलसी भट्टराई सहित ५३ जना नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छन ।

156 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal