बुद्धभूमी-३ मा एकदिने घुम्ती सेवा शिबिर संचालन हुँदै: किसानलाई अत्यधिक लाभ लिन वडा अध्यक्ष आचार्यको आहवान

२०७८ चैत्र १७ गते, बिहीबार

सुमन पौडेल, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा–३ रनगाईमा सेवा प्रबाहका लागि एकदिने एकीकृत घुम्ती सेवा शिबिर यही चैत्र २१ गते संचालन हुने भएको छ ।

शिबिरमा किरा लागेका बाली बिरुवा तथा पशु स्वास्थ जाच (गाई,भैसी,भेडा/बाख्रा आदि ) उधोग,ब्यबसाय दर्ता सम्बन्धि र मानव स्वास्थ्य सम्बन्धि समस्या लगायतका सेवा उक्त शिबीरमा संचालन हुने छ । बुद्दभुमी नगरपालिकाले आयोजना गरेको उक्त शिबीर को संयोजक बुद्धभूमी नगरपालिका वडा –३ रहेकोे छ ।

प्रत्येक किसान कार्यालयम उपस्थित हुन असहज हुने र नगरपालिका सबै किसानको घरमा जान असमर्थ रहेका कारण सहजताका लागि शिविरको आयोजना गरेको बुद्धभूमी नगरपालिका वडा न ३ का अध्यक्ष बिकास आचार्यले बताउनुभएको छ । साथै यस शिविरको सेवा समेत लिन सैबलाई अनुरोध गर्नुभएको छ ।

607 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal