कृष्णनगरका एक लुटेरा रुपन्देहीबाट पक्राउ

२०७८ चैत्र १८ गते, शुक्रबार

रुपन्देही । सैना मैनाको सुनपसलमा संचालकलाई कुटपीट गरेर सुन लुट्न गएका कपिलवस्तु कृष्णनगरका एक लुटेरा पक्राउ परेका छन् भने अन्य १ जना फरार भएका छन् । अज्ञात समुहद्धारा सैनामैनाको एक सुनचाँदी पसलमा हमला भएको हो ।हिजो साँझ करिब ६ः३० बजेको समयमा सैनामैना वडा न.१,रानवगिया स्थित बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा लुट्न छिरेका अज्ञात समुहले फलामको घन(ह्म्बर)ले टाउँकोमा प्रहार गर्दा सुनचाँदी सञ्चालक घाइते भएका छन् ।घाइते हुनेमा सो ठाँउ बस्ने अन्दाजी वर्ष ३५का गणेश हमाल रहेका हुन् । घाइते हमलालाई उपचारका लागी बुटवल पठाइएको छ ।

लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समुहले सो पसलबाट गरगहना लुटने दाउमा रहेको खुलेको छ । हमला गरे संगै ति लुटेरा भाग्ने अवस्थामा थिए तर स्थानीयले एक पुरुषलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय रन्यौरालाई जिम्मा लगाएको छ । प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल,धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।उपरिक्षक रेग्मीका अनुसार पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा न.३ बस्ने वर्ष ३८ का अब्दुल्ला शाह रहेका छन् । ति लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।

184 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal