राष्ट्रिय युवा संघ नेपाल शिबराज ८ मा वडा कमिटी गठन: अध्यक्षमा गौरिलाल यादव

२०७८ चैत्र १९ गते, शनिबार

कपिलबस्तु । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटिले वडा कमिटि गठनलाई अन्तिम चरणमा पु¥याएको छ । संघको नगर अधिवेशन पश्चात् शिवराज नगरपालिकामा संगठन विस्तार तिव्र रुपमा अघि बढेको छ । केही समयअघि नगरले नयाँ नेतृत्व चयन गरेसंगै राष्ट्रिय युवा संघ नेपाल संगठन विस्तारमा जुटेको हो । राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटि अध्यक्ष बिष्णु हमालको नेतृत्वको नयाँ टिम आएसंगै वडा कमिटि विस्तार तिव्र रुपमा भइरहेको छ ।

सोहि क्रममा शिवराज नगरपालिका वडा नं. ८ मा पनि वडा कमिटि गरिएको छ । नगर कमिटिद्धारा आयोजित युवा भेला तथा अधिवेशनबाट गौरिलाल यादवको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा प्रबीन यादव, सचिवमा रिकेश खरेल, चयन हुनुभएको छ । नव निर्वाचित कमिटीलाई प्रमुख अतिथी नेकपा एमाले शिवराज नगर कमिटि उपाध्यक्ष महादेब पोखरेलले सपथ ग्रहण गराउनुभएको थियो ।

No description available.

कार्यक्रमका प्रमुख अतिथि पार्टी नगर कमिटि उपाध्यक्ष महादेब पोखरेलले एमाले पार्टी सबैको साझा पार्टी भएको बताउनुभयो । उहाँले अब युवाहरु संगठित उत्पादन कार्यमा जोडिएर पार्टी लाई मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय युवा संघ नेपालका शिवराज नगर कमिटि अध्यक्ष बिष्णु हमालले जिल्लाका १० वटै स्थानीय तहभन्दा शिवराज नगर कमिटि तदारुकताका साथ लागि परेको बताउनुभयो । उहाँले पार्टीलाई मजबुद, बलियो र सबल बनाई संमृद्ध समाज निर्माणका लागि युवासंघको अहम भुमिका रहने समेत बताउनुभयो ।

पार्टीको तर्फबाट नगर कमिटि उपाध्यक्ष महादेब पोखरेलले युवालाई जहाँ जे समस्या पर्छ पार्टीसंग समन्वय गरि त्यो समस्या समाधान गर्न आफू सदैव तयार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

No description available.
244 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal