स्थानीय तह चुनावमा एमालेसँंग सहकार्य हुन सक्छः अध्यक्ष थापा

२०७८ चैत्र २१ गते, सोमबार

रामेछाप । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनुभएको छ । आज सोमवार मन्थलीमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

अहिलेको परिस्थितिमा राप्रपा नेपाल एक्लै चुनावमा जाँदा सोचेजति परिणाम ल्याउन नसक्ने अवस्था भएकाले एमालेसँग मिलेर जाने आन्तरिक तयारी पार्टीले गरिरहेको अध्यक्ष थापाको भनाइ छ ।

आफूलाई क्रान्तिकारी भन्ने पार्टीहरूको अविवेकीपूर्ण कामले देश तहसनहस भएको उहाँले दाबी गर्नुभयो । गएको १५ वर्षको बीचमा राप्रपा नेपालबाट पनि कमजोरी भएको स्वीकार्दै अध्यक्ष थापाले नेतृत्वमा आफू रहेकाले माफी दिन जनतासँग आग्रह गर्नुभयो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका झन्डै ३० जना राप्रपा नेपालमा प्रवेश गरेका थिए ।

237 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal