माओवादीबाट निर्वाचित बेनीघाट राेराङ गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

२०७८ चैत्र २१ गते, सोमबार

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादीबाट निर्वाचित हरि डल्लाकोटी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा आज सोमवार पार्टी प्रवेश गराउनुभएको हो ।

नेकपा माओवादी केन्द्रको बाग्मती प्रदेश कमिटी सदस्यसमेत रहनुभएका डल्लाकोटीले धादिङमा माओवादी केन्द्र छाड्ने लहर सुरु भएको र गाउँगाउँबाट हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्ने क्रम सुरु भएको बताउनुभयो ।

अध्यक्ष डल्लाकोटीले गठबन्धन संस्कृति लोकतन्त्रका लागि घातक भएकाले त्यसको विरोध गर्दै पुरानो घर एमालेमा फर्किएको बताउनुभयो । पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले जनताका लागि काम गर्न डल्लाकोटीलाई आग्रह गर्नुभएको थियो ।

253 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal