मन्त्री आले सङ सलमान खानका भाइ सोहेलको भेट: सलामानको सुरक्षा ब्यबस्थापनका बारेमा छलफल

२०७९ बैशाख १ गते, बिहीबार

काठमाडौं । बलिउड अभिनेता सलमान खानका भाइ सोहेल खान काठमाडौं आएका छन् । काठमाडौंमा आउँदो महिना आयोजना हुने सलमान खानको कन्सर्टको तयारीका लागि सोहेल आएका हुन् ।

कन्सर्टका विषयमा जानकारी गराउन आज सोल्टी होटलमा पत्रकार सम्मेलन राखिएको छ । पर्यटनमन्त्री प्रेम आलेले पत्रकार सम्मेलन स्थलमै पुगेर सोहेल खानसँग भेटेका छन् ।

पत्रकार सम्मेलन सुरु हुनुभन्दा अगाडि पुगेका आलेले सोहेलसँग फोटो खिचाएर फर्केका थिए । उनी पत्रकारहरुसँग बोलेनन् । सोहल खानको पत्रकार सम्मेलन भने जारी छ ।

197 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal