आफूलाई ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको छ: अध्यक्ष ओली

२०७९ बैशाख ४ गते, आईतवार

सर्लाही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मधेशका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको बताउनुभयो ।

शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेशका नागरिकलाई मधेशको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले अब आफूलाई कसैले मधेशको ठेकेदार नठान्न चेतावनी दिनुभएको छ ।

एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको उहाँले बताउनुभयो । मधेशको जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघिसारेको उहाँको दाबी थियो । २२ वर्ष पहिला आफ्नो सरकारले ल्याएको हुलाकी सडकको अवधारणाले मधेशको विकासले काँचुली फेरेको उहाँको भनाइ छ ।

जनकपुरबाट ढल व्यवस्थापन सुरु गरेको बताउँदै मधेशका सबै ठाउँमा ढल र पानीको सुविधा पुर्‍याउने उहाँले बताउनुभयो । आफ्नै सरकारले सामाजिक सुरक्षा भत्ता वितरण सुरुगरेको उहाँको जिकिर छ । यसलाई एमालेको सरकारले बढाउँदै लैजाने उहाँको भनाइ छ । अध्यक्ष ओलीले अहिलेको गठबन्धन विकास विरोधी भएको आरोप लगाउनुभएको छ ।

240 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal