सत्तारुढ गठबन्धनप्रति असन्तुष्टि,पार्टी परित्यागको क्रम तीब्र

२०७९ बैशाख ६ गते, मंगलवार

चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकामा गठबन्धन दलका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने क्रम तीब्र भएको छ । उक्त गाउँपालिकाबाट जिल्लामा प्रतिनिधित्व गर्ने माओवादी केन्द्र, नेपाली कांग्रेस राप्रपा लगायत दलका जिल्ला स्तरिय देखि स्थानीय नेता कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्न थालेका छन् ।

मंगलबार मात्रै गौरीशंकर गाउँपालिका वडा नम्बर १ र २ जुँगुका झण्डै एक दर्जन नेता कार्यकर्ताहरुको पार्टी परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका छन् । नेताहरुको स्वार्थको लागि गरिएको गठबन्धन मान्न नसकिने भन्दै उनीहरुले पार्टी परित्याग गरेको बताएका छन् ।

एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका मोहन केसी, टिकाबहादुर खड्का, राप्रपाका धर्मबहादुर खत्री, नेत्रबहादुर जिरेल, उमेश केसी, कांग्रेसका भक्तबहादुर सार्की, काले मिजार, दिपक कार्की र स्वतन्त्र रमेश बस्नेत एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले पोलिटव्युरो सदस्यद्धय आनन्द प्रसाद पोखरेल र पार्वत गुरूङ केन्द्रीय सदस्य सरस्वती वस्नेत, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतका नेताहरुले पार्टीमा स्वागत गरे ।

गौरीशंकर गाउँपालिकामा माओवादी केन्द्रका जिल्ला स्तरिय नेताहरु, निमा लामा, शंखनिमा शेर्पा, मिंगुर शेर्पासहित वडा नम्बर ४ को सिंगो पार्टी कमिटि एमाले प्रवेश गरेको थियो । पछिल्लो समय सत्तारुढ गठबन्धन दलहरुप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्नेहरुको संख्या बढ्दै गएको छ ।

163 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal