घर दैलो अभियानमा एमाले कृष्णनगरका नेता शाह

२०७९ बैशाख ७ गते, बुधबार

सुमन पौडेल, कपिलवस्तु l कपिलवस्तुको कृष्ण नगरको राजनितिमा चुनावी सरगर्मी बढेको छ ।आगामि वैशाख ३० गतेहुने स्थिानिय तहको चुनावको चहलपहल गाउँ टोल टालमा बढ्न थालेको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकभर चुनावी सरगर्मी बढेको छ ।

प्रमुख दलका शीर्ष नेता देखि स्थानिय तहका नेताहरु चुनावी प्रचारमा जुटिरहेका छन् भने सम्बन्धित क्षेत्रका उम्मेद्वार घर दैलो अभियानमा व्यस्त छन । निर्वाचनको मिति नजिकिँदै गर्दा कृष्णनगरका युवा नेता कुनाल प्रताप शाह घर दैलोमा पुगेर अहोरात्र खटेर ब्यस्त भएका छन । नेकपा एमाले वाट कृष्णनगरबाट एयस पदमा नाम सिफारीस भएका शाह कृष्णनगरमा एमालेको विजयी गराउन लागि परेका छन ।

शाह घर दैलो कार्यक्रम अन्तर्गत भिल्मी, पुर्षोत्तमपुर, अजिगरा, बहादुरगंज, विद्यानगर, रामनगर र भगवानपुरसहित कृष्णनगर नगरपालिकाका टोलटोलमा पुगेका छन । कृष्ण्ननगरका बलियो उम्मेदवारको रुपमा रहेका शाह सगै एमाले कृष्णनष्रले मेयर पदका लागिथ ४ जनाको नाम जिल्लामा सिफारीस गरेको छ । यदि पार्टीले टिकट दिएमा कृष्णनगरवाट एमालेलाई विजयी बनाउने अठोटका साथमा राजनितिमा सकृय भएर लागेका छन ।

May be an image of 9 people, people standing, people sitting and outdoors
284 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal