कपिलवस्तुको शमशेर दल गणमा गोली लागेर घाइते एक सैनिक जवानको मृत्यु

२०७९ बैशाख ८ गते, बिहीबार

काठमाण्डौ । कपिलवस्तु गोरुसिंगेमा रहेको सेनाको शमशेर दल गणमा गोली लागेर घाइते भएकी एक सैनिक जवानको उपचारका क्रममा ज्यान गएको छ ।

झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीय सैनिक जवान कोपिला राजवंशीको उपचारका क्रममा आज बिहान भैरहवा युनिभर्सल कलेज रुपन्देहीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । राजवंशी हिजो बेलुका गोली लागेको अवस्थामा फेला परेको र गोली लाग्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

170 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal