एक अवसर दिनुहोस नगरको मुहार परिवर्तन गरिदिन्छुः एमाले नेता शाह

२०७९ बैशाख ८ गते, बिहीबार

सुमन पौडेल, कपिलवस्तु । ‘आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ?’ लगायत सवालमा अहिले जताततै चर्चा परिचर्चा छ । त्यसमाथि कपिलवस्तुको कृष्णनगर नगरपालिका रहेको अझ विषेश रुपमा हेरिन थालिएको छ । खास गरी कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने कौतुहलता आमरूपमा देखिन्छ ।
स्थानीय चुनावका लागि कृष्णनगरमा दलहरूले उम्मेदवार छान्न सुरु गरे पनि सम्भावित उम्मेदवारको चर्चा भने भइरहेको छ । खास गरी प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले कसलाई टिकट दिने भन्ने सवालमा अहिले चर्चा हुन थालेको छ । कृष्णनगर नगरपालिकाको मेयरका लागि सिके राउत नेतृत्वको जनमत पार्टी बाट मनोज कुमार ओझाको उम्मेदवारी घोषणा नै गरिसकेका छन् । प्रमुख दलका शीर्ष नेता देखि स्थानिय तहका नेताहरु चुनावी प्रचारमा जुटिरहेका छन् भने सम्बन्धित क्षेत्रका उम्मेद्वार घर दैलो अभियानमा व्यस्त छन ।

तर यता भने निर्वाचनको मिति नजिकिँदै गर्दा कृष्णनगरका एमाले नेता कुनाल प्रताप शाह घर दैलोमा पुगेर अहोरात्र खटेर ब्यस्त भएका छन । नेकपा एमाले बाट कृष्णनगरबाट मेयर पदमा नाम सिफारीस भएका शाह कृष्णनगरमा एमालेको विजयी गराउन लागि परेका छन । घर दैला अभियान सुरु गरेका शाहले ‘घर घरमा एमाले जनमनमा एमाले’ अभियानका साथ अघि बढेको बताएका छन ।

उक्त अभियानको क्रममा नेता शाहले गाँउ घरमा आफनो अवस्था बुझने र त्यस पछि चुनावी रणनीति बनाउने समेत बताएका छन । साथै शाहले एकचोटी अवसर पाए नगरको मुहार परिवर्तन गरिदिने बताए । शाह घर दैलो कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिकाका टोलटोलमा पुगेका छन । कृष्ण्ननगरका बलियो उम्मेदवारको रुपमा रहेका शाह सगै एमाले कृष्णनगरले मेयर पदका लागि ४ जनाको नाम जिल्लामा सिफारीस गरेको छ । यदि पार्टीले टिकट दिएमा कृष्णनगरवाट एमालेलाई विजयी बनाउने अठोटका साथमा राजनितिमा सकृय भएर लागेका छन ।


कृष्णनगर वासीहरु भने कृष्णनगरको मेयरमा आउने भए सगै कुनाल प्रताप शाहको जित पनि सुनिश्चित रहेको बताउछन । जनता माझ लोकप्रिय युवा नेता, भिजन र योग्यताले सक्षम रहेका नेता शाहको मेयरमा जितको निश्चित छ । कृष्णनगर नगरपालिमा विगतमा भएका कमि कमजोरीहरुलाई सुधारदै जाने र नगरवासीहरुको सदैव हितका निम्ति काम गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

392 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal