मायादेवी साझेदारी द्धारा अतिक्रमण हटाउने अभियान शुरु

२०७९ बैशाख ८ गते, बिहीबार

कपिलबस्तु । मायादेवी साझेदारीमा तिब्र वन अतिक्रमण क्षेत्रमा अतिक्रमण हटाउने अभियान शुरु भएको छ । वरवा अन्र्तरगतको क्षेत्रमा अतिक्रमण हटाउने अभियान लाई तिब्रता दिईएको मायादेवी साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष अब्दुल अजिज खाँले बताएका छन् । सो क्षेत्रमा स्थानिय सुकुम्बासी समाजमा बौद्धिक मानिएका व्यक्तित्व र संचारकर्मीले वन अतिक्रमण गरेको र हटाउदा अवरोध गरेको बताईएको छ ।


पट्ना क्षेत्र विगतदेखिनै वन अतिक्रमित एरिया अन्र्तरगत पर्दछ । जिल्लाकै जोखिमयुक्त क्षेत्र मानिएको सो क्षेत्रमा हजारौ हेक्टर बन अतिक्रमणमा परेको र यसवर्ष त्यसलाई हटाउने मिशन शुरु भएको सव डिभिजन बन कार्यालय पट्नाका प्रमुख एवं सहायक वन अधिकृत पहलमान शेरभुजा मगरले बताए । उनले बनभित्र अतिक्रमणको समस्या र अव्यवस्थित बाटो निर्माण हुदाँ वन , वन्यजन्तु र वनस्पती मा गम्भिर समस्या समेत परेको बताए । “यहाँका केही जनप्रतिनिधि देखि संचारक्षेत्रमा लागेकाहरु समेतले वन अतिक्रमण गरे उनले भने वन रक्षक वन कर्मचारी ले मात्र चासो लिएर मात्र नहुदो रहेछ ।

वनकर्मी को मात्र जिम्मा भएजस्तो गरेर बौद्धिक व्यक्तित्व उम्किने हो भने वनको चिन्ता कसले गर्ने हामी त कर्मचारी हौ भोली अर्को ठाउँमा जान्छौ तर जहाँ हुन्छौ ईमान्दारीताका साथ लाग्छौ साहयक वन अधिकृत शेरभुजाले भने । पट्ना क्षेत्रमा हाल २० किलोमिटर अर्थात १ हजार हेक्टर वन अतिक्रमण हटाईने उनले बताए ।

उनले तारजाली काट्ने भत्काउने गर्न थालेपछी यसपाली ट्रेन्च खन्ने अर्थात नाली खन्नेकाम गरेको कार्य गरेको र यो प्रभावकारी भएको बताए । सो क्षेत्रमा पछिल्लो समय स्थानियले अक्रिमण गर्ने जग्गाको अवैध विक्रि वितरण गर्ने जस्ता कार्य गर्न थालेपछी छिमेकि पालिकाहरुबाट पनी मानिसहरु आउने अतिक्रमण बढउने गरेको अध्यक्ष खाँ ले बताए ।

त्यसका लागि साझेदारी वनले स्थानियबासी , प्रदेश अन्र्तरगत वन मन्त्रालय जिल्लाका सुरक्षा निकाय प्रशासन समेतलाई अनुगमन गराई हटाउन लागिएको बताए । पट्ना क्षेत्रमा विगतमा तस्करहरुले वन प्रमुखलाई समेत वन्धक बनाएका थिए ।

120 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal