एमालेले निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्दै

२०७९ बैशाख ९ गते, शुक्रबार

काठमाडौँ । नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको घोषणा पत्र आज (शुक्रबार) सार्वजनिक गर्ने भएको छ ।

पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने तय भएको हो ।

दिउँसो १ बजे नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन, च्यासलमा घोषणा पत्र सार्वजनिक हुने एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनकाअनुसार त्यसअघि थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा पार्टी केन्द्रीय कार्यालय सार्न लागिएको हो ।

थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय साँगुरो भएकाले स्थानान्तरण गर्न लागिएको एमालेले जनाएको छ । थापाथलीमा कार्यालय भए पनि आवश्यक बैठक कक्ष र पार्किङको अभावका कारण पार्टीका अधिकांश बैठक तुल्सीलाल स्मृति भवनमा नै हुँदै आएका थिए ।

209 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal