कांग्रेस विजयनगरका सभापति उम्मेदवार नपाएपछि जसपामा प्रबेश

२०७९ बैशाख ११ गते, आईतवार

कपिलवस्तु । नेपाली कांग्रेस विजयनगरका गाउँपालिका सभापति प्रभावशाली नेता जानकी प्रसाद यादव जसपामा प्रवेश गर्नु भएको छ । औपचारिक कार्यक्रमका बीच जसपाका केन्द्रिय परिषद सदस्य राम निवास यादव र जसपा कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले टिका लगाई यादवलाई पार्टी प्रवेश गराउनु भएको जसपा विजयनगर गाउँ कमिटी सचिव अशोक कुमार जैसवालले जानकारी दिनु भएको छ ।


नेपाली काङ्ग्रेसबाट गाउँपालिकामा अध्यक्ष पदमा आकांक्षी रहेका यादव टिकट नपाउने निश्चित भएको पछी आफूसहित वडा अध्यक्ष पदको आकांक्षी रहेका हृदय बिकास चौधरी ९बिके० चेतन ढकाल लगाएत सयौं कार्यकर्ता जसपा पार्टीमा प्रवेश गरेको बताइएको छ । यादव असल,ईमानदार,स्वच्छ सरल छबि भएको लोकप्रिय नेताको रुपमा चिनिन्छन् ।

यादव जसपामा प्रवेश गरे संगै बैशाख ३० गते हुने स्थानीय चुनावमा जितको विजय सुनिश्चित रहेकोे आकालन गर्न थालिएको छ । यादव स्वतन्त्र बाट थोरै मतले हार बेहोरेका यस पाली पार्टी बाट टिकट पाउने भएसि जितको सम्भावना प्रबल रहेको विश्लेषण गरि रहेका छन् । यादवको जसपामा प्रवेशले विजयनगरबासी नेता,कार्यकर्ता, समर्थकहरुमा खुसयाली छाएको छ ।

148 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal