कांग्रेस कपिलवस्तुले टुंगांयो १० वटै पालिका उम्मेद्वार

२०७९ बैशाख १२ गते, सोमबार

कपिलवस्तु । कांग्रेसले कपिलवस्तुका १०वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको छ । सत्ता गठबन्धन दल बिच तालमेल गरी पटक पटक बैठक बसे पनि कुनै निश्कर्ष ननिक्लिए पछि कांग्रेस एक्ले चुनावमा होमिएको हो । १० वटै पालिकामा कांगैस एक्लै चुनाव लडन लागेको हो । कपिलवस्तुको ६ नगरपालिका र ४ गाउपालिकामा लडने उम्मेदवारको नाम टुंगा लागेको हो । कांग्रेस कपिलवस्तु प्रवक्ता ईश्वरी पाण्डेय अनुसार कपिलवस्तु नगरपालिकामा मेयरमा किरण सिंह र उप मेयरमा नसरिम खातुन, बाणंगगा नगरपालिकामा मेयरमा रबिराज आचार्य र उप मेयरमा तारावती थारु, बुद्धुभुमी नगरपालिकामा केशव कुमार श्रेष्ठ र मीरा थारु, महाराजगंज नगरपालिकामा मेयरमा अब्दुल कलाम र उप मेयरमा शोभावती कुर्मीले टिकट पाएका छन ।

यस्तै कृष्णनगरमा मेयरमा रजत प्रताप शाह र उप मेयरमा आरती देबी कुर्मी चौधरी तथा शिवराज नगरपालिकामा मेयरमा हुमकान्त खनाल र उप मेयरमा शारदा कार्की रायमाझीले टिकट पाएका छन । पार्टी जिल्ला सभापति तथा मेयरका उम्मेदवार कलाम र उप मेयर शोभावती यस अघि २०७४ सालमा समेत निर्वाचित मेयर र उप मेयर हुन । यस्तै क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ र मीरा थारु यस अघिको निर्वाचनमा मेयर र उप मेयरमा जितेका थिए । कपिलवस्तु नगरपालिका मेयर किरण सिंह पनि यस अघि मेयरमा जितेका उम्मेदवार हुन । २०७४ सालको निर्वाचनमा स्वतन्त्र मेयर जितेका रजत प्रताप शाह ३ महिना अघि कांग्रेसमा प्रबेश गरी मेयरमा उम्मेदवारी दिदै छन । उता नेपाली कांग्रेस कपिलवस्तुले ४ वटै गाउपालिकाको प्रमुख र उप प्रमुखको नाम आईतावार नै टुंगोे लागएको थियो ।

चन्द्रौटामा भएको बैठक पछि सुद्धोदन, मायोदेबी र बिजयनगर गाउपालिकाको प्रमुख र उप प्रमुखको नाम टुंगो लागेको कांग्रेसका जिल्ला प्रबक्ता ईश्वरी पाण्डेयले जानकारी दिए । मायादेबी गाउपालिको प्रमुखमा वलीउद्दीन मुसलमान र उप प्रमुखमा सरस्वती यादव, सुद्धोदन गाउपालिकाको प्रमुखमा रामनयन यादव र उप प्रमुखमा सुधादेबी पाण्डेय र बिजयनगर गाउपालिको प्रमुखमा रफिक मुसलमान र उप प्रमुखमा निशा थारुले टिकट पाएका हुन । यस्तै यशोधरा गाउपालिकामा अनुप पाण्डेय प्रमुख र प्रेमलता भट्टा उप प्रमुखमा टिकट पाएका छन । यस अघि पनि उम्मेदवार बनेको बलीउद्दीन थारै मतले मात्र पराजित भएका थिए ।

यस्तै यस अधि मधेसी जन अधिकार फोरमबाट लडका रामनयन यादव पनि झिनो मतले चुनाव हारेका थिए । सुधादेबी पाण्डयल भने यस अधिको निर्वाचनमा उप प्रमुखमा निर्वाचित भएकी थिईन् ।

149 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal