कपिलवस्तुमा पोखरीमा डुबेर ८ बर्षीय बालकको मृत्यु

२०७९ बैशाख १२ गते, सोमबार

महारजगंज । कपिलवस्तुमा पोखरीमा डुबेर ८ बर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको महाराजगंज नगरपालिका ७ घर भएका सवनम मुसलवानको ८ वर्षीय छोरा महोम्मद सहिलको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

मायादेवी गाउँपालिका १ बर्रोहियास्थित मामाघरमा आएका बालक मामाघर पछाडि रहेको पोखरीको छेउमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

142 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal