कांग्रेस बाणगंगा ७ का वडाध्यक्षका उमेद्धवारद्धारा सरकारी तलब भत्ता नलिने घोषणा

२०७९ बैशाख १६ गते, शुक्रबार

कपिलवस्तु । नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नम्बर ७ का उम्मेदवार कुमार खडकाले आफु वडाध्यक्ष भए सरकारी तलब भत्ता नलिने घोषणा गरेका छन । वडास्तरको तिव्र बिकास गर्न लागी सेवामुखी पदमा बसेर सरकारी तलब भत्ता लिनु उपयुक्त नहुने भएकाले कुमार खडकाले यस्तो घोषणा गरेका हुन ।

उनले सरकारबाट आउने तलब भत्ता सामाजिक बिकास र बिभिन्न बर्गका मानिसहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन । साथै उनले वडाभित्रका बिपन्न परिवारलाई उच्च शिक्षा दिन वडाबाट बजेट नमिले आफुले पाउने सेवा सुविधाबाट भएपनि ति परिवारका बिपन्न परिवारलाई उच्च शिक्षा दिने घोषणा गरेका छन ।

कांग्रेसले बाणगंगा ७ मा वडाध्यक्षमा कुमार खडका, सदस्यहरुमा कृष्णा कृष्णा ज्ञवाली, सुशीला नेपाली, छेदा थारु र दल बहादुर गुरुङलाई सदस्य पदमा उठाएको छ ।

यता कांग्रेस वडा नः १ का वडाध्यक्ष सञ्जु सारु र वडा नः २ का अध्यक्ष रत्न बहादुर कार्कीले सरकारी तलव भत्ता नलिने यसअघिनै घोषणा गरी सकेका छन ।

236 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal