विभिन्न पार्टी परित्याग गरि बाणगङ्गामा ५२ जना एमाले प्रवेश

जितपुर । बाणगङ्गा २ पिपरामा विभिन्न पार्टी परित्याग गरि ५२ जना नेकपा (एमाले) मा प्रवेश गरेका छन । जसमध्ये ३१ जना युवा मात्र रहेका छन ।
स्थानिय चुनाव लाई सहयोग पुग्ने किसिमले पिपरामा भएको एमाले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उक्त संख्यामा एमाले प्रवेश गरेका हुन । निर्वाचन परिचालन कमिटी वडा नं-२ का संयोजक ताराजन घिमिरे को अध्यक्षता , केन्द्रिय लेखा आयोग उपाध्यक्ष बिष्णु पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै प्रदेश कमिटी सचिवालय सदस्य एवं क्षेत्र नं-१ का ईञ्चार्ज कृष्ण पौडेल, प्रदेश कमिटी सदस्य टामार्जन राना, प्रदेश सल्लाहकार परिषद सदस्य खेमराज मरासिनी, जिल्ला उपाध्यक्ष, निर्वाचन क्षेत्र नं.१ का संयोजक एवं निर्वाचन परिचालन कमिटी बाणगंगाका संयोजक विश्राम प्रसाद थारु, जिल्ला सचिवालय सदस्य, निर्वाचन क्षेत्र नं-१ का सह-संयोजक एवं निर्वाचन परिचालन कमिटीका सचिवालय सदस्य बिश्व कार्की, जिल्ला कमिटी सदस्य, निर्वाचन परिचालन कमिटीका बाणगंगाका सचिवालय सदस्य एवं युवा परिचालन नगर संयोजक कमल क्षेत्री, पार्टी नगर कमिटीका कार्यबाहक अध्यक्ष मुक्त बहादुर कार्कीको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिस्णु पन्थीले अब बाणगङ्गा मत्र नभएर कपिलवस्तुका हरेक पालिका एमालेमय भएको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ” जनताले यस्तो बैमानि गठबन्धन लाइ बुझिसके, पहिला पनि एमाले रोजेका थिए अहिले पनि एमाले नै रोज्नेमा कुनै दुइमत छैन । गठबन्धन स्वार्थमा रोमलिएको छ त्यसैले एमाले नै देशको बिकास गर्ने पार्टि हो ।” उहाँले भन्नुभयो ।
एमालेले बाणगङ्गा २ मा अध्यक्षको रुपमा बिष्णु पौडेल, महिला सदस्य शान्ता पाण्डे, दलित महिला सदस्य सुमित्रा दमै खुल्ला सदस्य झिमलाल सापकोटा, प्रेम बहादुर रौतारलाइ उम्मेदवार बनाएको छ ।