देशभर नै एमालेको जित सुनिस्चित छः रास्ट्रिय सभा सदस्य घिमिरे

२०७९ बैशाख १७ गते, शनिबार

कपिलवस्तु । रास्ट्रिय सभा सदस्य बिमला घिमिरेले देशभर नै एमालेको जित सुनिस्चित रहेको बताउनु भएको छ । स्थानिय तहको निर्वाचन नजिकिए सङ्गै कपिलवस्तु को बाणगङ्गा ८ मोर्मिमा आज बिहान भएको घरदैलो कार्यक्रममा घिमिरेले कपिलवस्तुका हरेक पालिका एमालेमय भएको बताउदै अहिलेको चुनावमा देशभर नै एमालेको जित सुनिस्चित रहेको दाबी गर्नुभयो ।

“हामि निरन्तर खटिएका छौं । कपिलवस्तुका हरेक पालिकामा घरदैलो कार्यक्रम गर्छौ । जित सुनिस्चित भए पनि अत्याधिक मत ल्याउनु छ। पुराना पुस्ता मात्र हैन युवामाझ पनि एमालेका उम्मेद्वार निकै लोकप्रिय हुनुहुन्छ ।” उहाँले भन्नुभयो ।

केन्द्रिय सदस्य गिरधारी लाल न्यौपाने, एमाले वडा नम्बर आठका अध्यक्ष गिता भुसाल, नगर उपसचिब चेतनारायण भन्डारी, पार्टी निकट विभिन्न भातृ सङ्गठनका नेता कार्यकर्ता लगायत स्थानिय नेताकार्यकर्ता को साथमा गरिएको घरदैलो कार्यक्रममा जनता बाट पनि सकारात्मक प्रतिक्रिया देखिएकोले कपिलवस्तु एमालेमय बनिसकेको केन्द्रीय सदस्य न्यौपानेले बताउनु भयो ।

328 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal