एमाले बाणगंगाको घरदैलो अभियान तिब्र, वडाका टोलटोलमा प्रचार प्रसार

२०७९ बैशाख १७ गते, शनिबार

हरि आचार्य, कपिलवस्तु । बैशाख १७ नेकपा एमाले बाणगंगा नगरकमिटिले चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियानलाई पार्टीले तिब्रता दिएको हो । आज बाणगंगा नगरपालिकाका मेयर पदका उम्मेद्वार चक्रपाणि अर्याल तथा उपमेयर पदका उम्मेद्वार रीता थारु, निर्वाचन परिचालन कमिटि नगर संयोजक विश्राम प्रसाद थारु लगायतको टिमले बाणगंगाको वडा नं. ६ मा घरदैलो तथा गरेको छ ।

सयौं नेता तथा कार्यकताहरुको उपस्थितीमा गरिएको घरदैलो कार्यक्रममा सुर्य चिन्हमा मतदान गरी एमालेलाई जिताउन आह्वान गर्नुका साथै नागरिकहरुका समस्या तथा गुनासाहरुको बारेमा पनि जानकारी लिईएको छ । घरदैलो कार्यक्रममा नगरपालिकाका मेयर पदका उम्मेद्वार अर्यालले सात सुर्यमा सात छाप लगाई एमालेलाई विजयी गराएका नगरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगार लगायत विकासले फड्को मार्ने बताउनुभयो । उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिकको पार्टी एमाले भएकाले एमालेमा आउनेको लहर लागेकाले एमालेको जित निश्चित रहेको बताउनुभयो ।

त्यस्तै वडा नं. ६ का वडाध्यक्ष पदका उम्मेद्वार सुकदेव चौधरीले समृद्ध वडाको लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो । उहाँले वडामा एमालेको तर्फबाट उम्मेद्वारी दिएका पाँचै जनालाई जिताउन आह्वान गर्नु भयो । यस्तै बाणगंगाका विभिन्न वडाहरुमा पनि घरदैलो तथा प्रचार प्रसार अभियनलाई तिब्रता दिईएको छ । वडा नं. १ का वडाध्यक्षका उम्मेद्वार अमित पौडेल लगायतको टिमले चार नम्बर जितपुर टोल क्षेत्रमा घरदैलो कार्यक्रम गरेको छ । एक बिहानै हरेक घरघरमा गई समृद्ध वडा बनाउने प्रतिवद्धता व्यक्त गर्दै भोट हाल्न आह्वान गरिएको थियो । वडा नं. २ मा पार्टी सदस्यता तथा अगुवा कार्यकर्ता बृहत भेला सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय लेखा आयोगका उपाध्यक्ष बिष्णु पन्थीले एमालेलाई हार्ने छुट नभएको बताउँदै अब घोषणा पत्र मात्र नभई विगतमा पार्टीले गरेका उत्कृष्ट कामको बारेमा जनतालाई जानकारी गराउने बेला भएको बताउनुभयो । वडा नं. ३ मा त्यस्तै वडा नं. ७ मा ५ बर्षे कार्यकालमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेका उत्कृष्ट कामहरु औल्याउदै भोलिबाट घरदैलो कार्यक्रमलाई तिब्रता दिईने वडाध्यक्ष पदका उम्मेद्वार बिष्णु गिरीले बताउनुभयो ।

त्यस्तै वडा नं. ९ को भलवाडमा पनि एमालेले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । वडाध्यक्षका पदका उम्मेद्वार कमल पौडेल लगायतको टिमले भर्लावास, भर्तापुर, पडरिया, पश्चिम जिनुवा, बक्सिसपुर हुंदै वडाको बजार चोक जिनुवामा घरदैलो गर्दै पार्टीलाई जिताउन आग्रह गरेको थियो । सो क्रममा शैक्षिक व्यक्तित्व र लामो समयसम्म समाजसेवा गरेका उम्मेद्वार भएकाले जित निश्चित हुने वडावासीले बताएका थिए । यता वडा नं. ८ मा पनि वडाध्यक्ष पदका उम्मेद्वार बाबुराम अर्याल सहितको टिमले मोर्मी गाउँमा घरदैलो गरेको छ । वडाध्यक्ष पदका युवा उम्मेद्वार भएकाले वडावासी खुसी भएका छन् । त्यस्तै अन्य वडाहरुले पनि घरदैलो अभियानलाई तिब्रता दिएका छन् भने केही वडाहरुमा भोलिबाट घरदैलो तथा प्रचार प्रसार गर्ने बताईएको छ ।

340 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal