एमाले विजयनगरले घरदैलो अभियानलाई तिब्र, वडाको टोलटोलमा प्रचार प्रसार

२०७९ बैशाख १७ गते, शनिबार

कपिलवस्तु । नेकपा एमाले विजयनगर गाउँकमिटिले चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियानलाई पार्टीले तिब्रता दिएको हो । आज विजयनगर गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार गोपाल बहादुर थापा लगायतको टिमले विजयनगरको वडा नं. ४ मा घरदैलो गरेको छ ।

सयौं नेता तथा कार्यकताहरुको उपस्थितीमा गरिएको घरदैलो कार्यक्रममा सुर्य चिन्हमा मतदान गरी एमालेलाई जिताउन आह्वान गर्नुका साथै नागरिकहरुका समस्या तथा गुनासाहरुको बारेमा पनि जानकारी लिईएको छ । घरदैलो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार गोपाल बहादुर थापाले सात सुर्यमा सात छाप लगाई एमालेलाई विजयी गराएका नगरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगार लगायत विकासले फड्को मार्ने बताउनुभयो । उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिकको पार्टी एमाले भएकाले एमालेमा आउनेको लहर लागेकाले एमालेको जित निश्चित रहेको बताउनुभयो ।

त्यस्तै वडा नं. ४ का वडाध्यक्ष पदका उम्मेद्वार टिलक राम कडेल समृद्ध वडाको लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो । उहाँले वडामा एमालेको तर्फबाट उम्मेद्वारी दिएका पाँचै जनालाई जिताउन आह्वान गर्नु भयो । यस्तै विभिन्न टोलहरुमा पनि घरदैलो तथा प्रचार प्रसार अभियनलाई तिब्रता दिईएको छ ।

353 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal