समृद्धि बुद्धभूमि निर्माण गर्न एमालेले जित्नु आवश्यक: मेयरका उम्मेदवार खनाल

२०७९ बैशाख २५ गते, आईतवार

बुद्धभूमि । भ्रष्टचार मुक्त गरी बुद्धभूमिलाई समृद्धि नगर निर्माण गर्न नेकपा एमालेलाई जित्न आवश्यक रहेको मेयरका उम्मेदवार पिताम्बर खनालले बताउनु भएको छ । उहाले बुद्धभूमिमा रहेका विकृति विसंगति अन्त्य गर्दै शुसासनयुक्त नगर निर्माणको आफु प्रतिवद्ध भएर लाग्नेमा जोड दिनु भयो ।

आगामी बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले बुद्धभूमि १० ले आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । मेयरका उम्मेदवार खनालले आमनागरिकको सल्लाह र सुझाव अनुसार नगरपालिकाको योजना छनोट गरेर कार्यान्वयन गर्नेमा जोड दिनु भयो । उहाले सहकार्यले मात्र दीगो विकास हुन्छ भन्ने कुराको आत्मसाथ गर्दै नागरिकको सुझावाई शिरोधार गर्ने बताउनु भयो ।


उहाले निर्वाचनको समयमा गरेका प्रतिबद्धता पुरा गर्न निरन्तर लागि रहने बताउनु भयो । आफुले आम बुद्धभूमि वासीको समस्या समाधान गर्न सक्ने र बहाना बनाएर पछि नसर्ने भएको हुदा निर्धक्क भएर नेकपा एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गर्न आम नागरिक संग आग्रह गर्नु भयो । उहाले नेकपा एमालेले जित हासिल गर्दा नागरिक प्रति जिम्मेवार भएर लाग्ने बताउनु भयो ।

297 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal