किसानको समस्यालाई समाधान गर्न उमेदवारी दिइएको छु: मेयरका उमेदवार चौधरी

२०७९ बैशाख २५ गते, आईतवार

महाराजगन्ज । नेकपा एमालेबाट महाराजगंज नगरपालिकाको मेयरमा उमेदवारी दिनुभएका रामदास चौधरीले आफुले जिते नगरपालिका भित्र रहेको सबै किसानहरुको समस्यालाई समाधान गर्ने प्रतिवदता गर्नुभएको छ। विगत पाच वर्षमा कांग्रेसले केहि नगरेको बताउदै चौधरीले आफुले जिते नगरपालिकामा मुख्य रुपमा रहेको किसानहरुको समस्याको समाधान गर्ने बताउनु भयो।

एमालेले जिते नगरपालिकालाई खरको छाना मुक्त नगरपालिका बनाउने, खानेपानीको उचित व्यवस्थाका लागि ओभरहेड ट्याङ्ग्कि निर्माण गर्ने,कृषिमा उचित अनुदान दिई सिचाईका लागि बोरिङ्गको व्यवस्था गरिदिने, उच्च शिक्षा अध्यान गर्ने विध्यार्थिलाई नगरपालिकाबाटै सहयोग गर्ने लगायतका काम गर्ने चौधरीले बताउनुभयो। चौधरीले आफुले जिते जनताको सेवाका लागि आफु दिनरात खटिने र जनताको मनोभावनालाई ख्याल राखी काम गर्ने प्रतिवदता गर्नु भएको छ ।

225 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal