कुनाल प्रताप शाहको इन्ट्रीसङै कृष्णनगरमा कांग्रेसलाई आफ्नो विरासत जोगाउन मुस्किल

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच कडा प्रतिस्पर्धा हुने देखिए पछि कांग्रेस कपिलवस्तुलाई कृष्णनगरमा आफ्नो बिरासत जोगाउन मुस्किल परेको छ ।
कृष्णनगर नगरपालिकाका उपप्रमुख सबनम खातुनका जेठाजु तथा प्रदेश सभाका निर्वाचनमा दोस्रो भएका जावेद खान आफू अहिले कडा प्रतिस्पर्धामा रहेको बताउनुभयो । यस्तै नेकपा एमालेका तर्फबाट युवा माझ लोकप्रिय नेता कुनाल प्रताप शाहको संभावना प्रबल रहेता पनि प्रतिस्पर्धा भने कडा हुने देखिएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको माओबादी केन्द्र पार्टी तर्फबाट मेयर पदका उम्मेदवार जावेद आलम खानले आफू मेयर पदका लागि कडा प्रतिस्पर्धा मा रहेको बताउनु भएको छ ।
मेयर पदका उम्मेदवार जावेद आलम खान चुनावी माहोल माओबादी केन्द्र तर्फ मोडिएको र आफू जनता को साथ र समर्थन पाई रहेको दाबी गर्दै कडा प्रतिस्पर्धा मा रहेको बताउनु भएको छ ।
यस्तै कृष्णनगरमा मंगल गुप्ता र कुनाल प्रताप शाहको क्रेज भने उच्च छ । नेकपा माओवादी केन्द्र स्थानीय निर्वाचन ०७४ मा भने दोस्रो पार्टी भएको थियो । माओवादी केन्द्र र नेकपा एमालेको कडा प्रतिस्पर्धाका मा कांग्रेस कृष्णनगरलाई आफ्नो बिरासत जोगाउन हम्मे हम्मे परेको छ ।
शाह परिवारका नेता कुनाल प्रताप शाह विगत लामो समय देखि समाजिक कार्यमा अग्रसर तथा जनताको सुख दुःख मा साथ दिदै आएका खान चुनावी दौडमा लोकप्रिय नेता मध्ये एक हुन ।
कृष्णनगर माओबादी केन्द्र नगर अध्यक्ष समेत रहेका खानले आफू सहित उपमेयरमा पुष्पा तिवारी पनि कडा प्रतिस्पर्धा मा रहेको बिश्वास ब्यक्त गर्नु भयो । नेता खानले माओबादी केन्द्र लाई बिजयी बनाउन दिनरात खटिई बिजयी बनाउने प्रतिबद्ध रहेको बताउनु भयो ।
यता नेकपा एमालेले पनि प्रतिस्पर्धा कांग्रेस सङ नभइ माओवादी सङ हुने आकलन गरेको छ ।
कुनाल प्रताप शाहको राजनीतिमा इन्ट्री भए सङै नेपाली कांग्रेस बाट मेयर र प्रतिनिधि सभा सांसद रहेको कृष्णनगरमा आफ्नो बिरासत जोगाउन हम्मे हम्मे परेको छ । प्रबल संभावना रहेका कुनाल प्रताप शाह र जाबेद आलम खाँनको कडा प्रतिस्पर्धा हुने देखिए पछि कांग्रेस कृष्णनगरले आफ्नो चुनाबि अभियान लाई पनि कमजोर बनाउदै आएको बताइएको छ ।