मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

२०७९ बैशाख २६ गते, सोमबार

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार मोतिगडाबाट जोगिदहतर्फ जाँदै गरेको प्रदेश–१–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल हिजो बेलुका अनियन्त्रित भई पल्टिदा मोटरसाइकलमा पछाडि सवार त्रियुगा नगरपालिका–१ का २० वर्षीय भूपेन्द्र चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाइएको छ ।

घाइते भएका मोटरसाइकल चालक १८ वर्षीय अभिषेक चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

138 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal