नगरबासिका सुझाब लाई प्राथमिकतामा राखेर काम गर्नेछु: महादेब पोख्रेल

२०७९ बैशाख २६ गते, सोमबार

कपिलवस्तु । शिवराज नगरपालिका नगर प्रमुख पदका उमेद्धार महादेब पोख्रेलले नगरबासिको सल्लाह सुझाबका आधारमा कुन योजना कहाँ आवश्यक छ विभाजन गरी योजना बाडफाड गर्ने बताउनुभएको छ ।

घरदैलोको क्रममा शिवराजका विभिन्न टोलमा पुगेर उहाले जनताका आवश्यक कुरालाई नै प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको हो । शिक्षा, स्वास्थय, कृषि र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने र पानिका मुहानहरु पत्ता लगाई तिनको संरक्षण गर्दै दिर्घकालिन रुपमा सिचाइको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

308 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal