प्रतिस्पर्धीहरु कमजोर हुँदा शिवराजमा शिवकुमारीलाई सहज

२०७९ बैशाख २६ गते, सोमबार

कपिलवस्तु । निर्वाचनको अन्तिम समयसम्म आइपुग्दा शिवराज नगरपालिकामा उपमेयर पदका प्रतिस्पर्धी उम्मेदवारहरु कमजोर हुँदा शिवकुमारी थारु अब्बल देखिएकी छन् । २०७४ सालको निर्वाचनमा थारु उपमेयरमा निर्वाचित हुँदा थारु समुदायको मत प्रायः उनलाई खसेको थियो । तर विगत भन्दा अहिले चुनावको प्रचारप्रसार देखि लिएर माहोल निकै फेरिएको आकलन गर्न सकिन्छ ।

नेकपा एमालेको तर्फबाट शिवराज नगर उपप्रमुख पदका लागि उम्मेदवारी दिएकी शिवकुमारी थारु एक कार्यकाल सकाएर अब्बल कार्य अनुभवका साथ दोस्रो कार्यकालमा गरेका वाचा र केही अधुरा काम पूरा गर्ने जिम्मेवारीका साथ पुनः उम्मेदवारी दिएकी छन् । राप्रपाबाट उपमेयर पदका उम्मेदवारी दिएकी विपासा चौधरीको शिवराजका लागि नयाँ अनुहार भएर मतदाताले उनलाई मत कम खस्ने स्थानीयले चर्चा गर्दै आएका छन् ।

जनता समाजवादी पार्टीबाट उपमेयरकै उम्मेदवारी दिएकी प्रमिला थारुले समाजको लागि मुहार पर्ने सपना बुनेर निस्किएको उनी विगत केहिसमय यता शिक्षण पेशा गर्दै आए पनि राजनीतिक यात्रासँगै समाजमा अपरिचित भएकी मध्ये एक पात्र हुन् । यसरी एकाएक बाहिरिएकी उनी विशेषगरी थारु समुदायकै भएकाले पनि कतिपय मत त काटिएल तर खासै परिचित नएकाले जित नहुने थारु समुदायको बुझाइ छ । त्यसैगरी नेपाली कांग्रेसकी शारदा रायमाझीले पनि विजेता हुने अठोठकी साथ चुनावी मैदानमा उत्रिएकी छन् ।

शिवराज नगरपालिकामा उम्मेदवार विजेता हुनका लागि थारु बाहुल्य रहेको क्षेत्रमा थारु समुदायको मत निर्णायक हुने गर्दछ । थारु जातिको बाक्लो बस्ती रहेका समुदायका अनुसार नगरका हरेका क्षेत्रका समग्र विकास गर्न शिवकुमारी आवश्यक रहेकोले अत्यधिक मत दिएर उनलाई नै जिताउने बुझिएको छ । थारु उम्मेदवार समुदायका नयाँ अनुहार उम्मेदवारी दिए पनि पछिल्लो समय थारु समुदाय एकजुट भइ शिव कुमारीलाई विजेता गराउन जोड दिएका छन् ।

नगर उपप्रमुख पदकै लागि प्रतिस्पर्धी देखिए पनि शिव कुमारी थारुकै जित हुने निश्चित देखिएको छ । थारु समुदायको मत केही काटिने देखि पनि ५ बर्षको अनुभवले शिवराजको जुनसुकै तहमा मतदाताले उनी हरेक हिसाबले अब्बल रहेकोले शिव कुमारीलाई जिताउन उत्तरी भेगदेखि लिएर दक्षिणी भागमा समेत मतदाताले जिताउन कसरत गरिरहेको पाइन्छ ।

595 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal