कृषि उत्पादन बढाउन किसानलाई सिंचाईको व्यवस्था गर्छुः एमाले उमेद्धवार कुर्मी

२०७९ बैशाख २७ गते, मंगलवार

संगिता भुसाल, कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का एमाले उमेद्धवार रामजीत प्रसाद कुर्मी ९रामु बाबु०ले कृषि उत्पादन बढाउन किसानलाई सिंचाईको व्यवस्था गर्ने बताएका छन् । वाणगंगा सिंचाइ प्रणाली अन्तर्गतको नहर बाट किसानको खेतबारी सम्म सिंचाइको व्यवस्थापन गर्ने बताएका छन् ।


कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ को विकासका लागी नेकपा एमालेका उम्मेद्धारहरुलाई जिताउन उम्मेद्धारहरुले जनताका बिचमा अपिल गरेका छन् । यस्तै वडा अध्यक्षका उम्मेद्धार बनेका रामजीत प्रसाद कुर्मी ९रामु बाबु० ले आफु निर्वाचित भए वडामा कृषि,पशुपालन, भौतिक पूर्वाधार तथा शिक्षा, स्वास्थ्य, पर्यटन लगाएतका क्षेत्रलाई प्राथमिकताका साथ लैजाने बताए ।


यसैगरी घरको छानोमा जिवन विताइ रहेका परिवारलाइ टिनको छानो लगाइदीने र भुमिहीन सुकुम्बासीहरूलार्इ जमिन को व्यवस्था गर्ने बताएका छन्। उमेर नपुगी बाल विवाह न्युनीकरण गर्नका लागी विशेष कार्यक्रम लागू गर्ने, युवा तथा किशोर किशोरीका लागी सचेतनामुलक कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । यसका साथै सामाजिक सुरक्षा भत्ता बितरण्का लागी वडा स्तरमै बैंकको शाखा विस्तार गर्ने , स्थानीयको आवश्यकता लाइ बुझेर वडा वाट विकास निर्माणका कार्यहरूलाइ अगाडी बढाउने, जनताबाट आएको कर तथा सरकार बाट प्राप्त बजेट निश्पक्ष ढङ्गबाट जनतासामू नै पुर्याउने र नातावादको अन्त्य गरी सवै नागरिकलाइ सहजताको व्यवस्था गर्ने लगायतका प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

267 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal