पेस्तोल र गोलिसहित एक जना युवक पक्राउ
२०७९ जेष्ठ ५ गते, बिहीबार

सप्तरी । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाबाट सशस्त्र प्रहरीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ब्राउनिङ्ग पेस्तोल १ थान र ६ राउन्ड गोलिसहित २४ वर्षीय रन्जित मण्डललाई पक्राउ गरेको हो ।
हनुमाननगर कंकालिनी नगरपालिका–१ बस्दै आएका मण्डललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
155 Views