आज थप १२ जनामा कोरोना संक्रमण, ९ जना डिस्चार्ज

२०७९ जेष्ठ ५ गते, बिहीबार

काठमाडौँ । थप १२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७९ हजार ३८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ सय ५० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६६ हजार ९ सय ३८ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना रहेको मन्त्रालयले जनाएको छ ।

183 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal