१३ वर्षअघिको हत्या घटनाका आरोपी पक्राउ

२०७९ जेष्ठ १३ गते, शुक्रबार

काठमाडौँ । १३ वर्षअघि भएको हत्याको घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आज गोरखाको साविक बोर्लाङ गाविस-७ हटियाका दिलबहादुर दराईको हत्या गरेको अभियोगमा भक्तपुर सुडालका ३८ वर्षका कैलाश कार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

196 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal