काठमाडौँमा २० वर्षीया युवती लाइ बलात्कार गरेको आरोपमा एकजना पक्राउ

२०७९ जेष्ठ २१ गते, शनिबार

काठमाडौँ । काठमाडौँमा २० वर्षीया युवती बलात्कृत भएकी छन् ।

प्रहरीका अनुसार गएराति युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ चाबहिल बस्ने दोलखा तामाकोशी गाउँपालिका-६ च्यामा घर भएका १९ वर्षीय जीवन केसीलाई पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिक-१ हात्तीसारस्थित रेस्टुरेन्टमा वेटर काम गर्ने जीवनले ती महिलालाई सोही रेस्टुरेन्टमा जबरजस्ती करणी गरेको आरोप छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

164 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal