टिप्परको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२०७९ असार ६ गते, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ चप्पल कारखाना नजिकै टिप्परको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराती महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिप्परले गएराती पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

मृत्यु हुने व्यक्तिको सनाखत हुन बाँकी रहेको छ । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । टिप्परसहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।

193 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal