सिरहाका १८ वर्षीय युवकमाथि उनकै साथीले गरे गोली प्रहार

२०७९ असार १२ गते, आईतवार

जनकपुरधाम । सिरहामा एकजनाले साथीमाथि गोली प्रहार गरेका छन् ।

आज लहान नगरपालिका–२२, बेल्ही टोलस्थित १८ वर्षीय दिलीप मुखियामाथि उनकै साथीले गोली प्रहार गरेका हुन् ।

स्थानीय रविन चौधरीको घरमा बसिरहेको बेला ‘ख्यालख्यालमै’ सुशान्त चौधरीले गोली चलाउँदा दिलीपलाई लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दिलीपलाई उपचारका लागि धरान पठाइएको सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

दिलीपमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले १९ वर्षीय सुशान्त र १५ वर्षीय सुरज मुखियालाई नियन्त्रणमा लिएको छ । दिलीपको पेटभन्दा माथिको भागमा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट पेस्तोल एकथान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन एकथान, गोलीको खोखा एकथान बरामद गरेको छ ।

207 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal