आफू ९० प्रतिशत सफल भएको मन्त्री प्रेम आलेको दाबी

२०७९ असार १२ गते, आईतवार

काठमाडौँ । संकृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् ।

एकीकृत समाजवादीले आलेसहित चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि आइतबार पत्रकार सम्मेलन गरेका आलेले आफू सफल भएको दाबी गरेका छन् ।

कार्यकाल कति सफल भयो भनेर कसैले सोधे आफ्नो उत्तर ९० प्रतिशत हुने उनले बताए । आफूले एक्सन मन्त्रीको उपमा समेत पाएको भन्दै उनले भनेका छन्, मैले यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु ।’

168 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal